चितवनमा १८८ नमूना परिक्षण गर्दा १०८ पोजेटिभ

  • बैशाख २५, २०७८

बैशाख २५,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४५ पुरुष २८ महिला गरि ८४ जना रहेका छन । यस्तै रत्ननगरका ३ महिला १ पुरुष ,खैरहनिका २ महिला २ पुरुष ,कालिकाका १ महिला माडिका १ महिला र १ पुरुष गरि चितवनका मात्रै ८४ जना रहेका छन।

गैंडाकोटका ४ महिला ४ पुरुष , देबचुलीका १÷१ महिला पुरुष , बर्दघाटका १ पुरुष गरि १२ जना रहेका छन । यस्तै अन्य २४ जना भने गोरखा , रुपन्देही , दाङ, कपिलवस्तु , पर्सा र सिराहाका रहेका छन ।

संक्रमितहरु ७ महिना देखि ६६ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका १८८ नमूनाको शुक्रवार गरिएको परिक्षणमा १०८ पोजेटिभ र ८० वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८