आज ९०७० थपिदा २७०७ निको, मृत्यु ५४ जना

  • खबरदाता
  • बैशाख २३, २०७८

वैशाख २३,२०७८

चितवन । पछिल्लो एक दिनमा २७०७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९२ हजार ४९० रहेको छ । यो ८९ दशमलव ४ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ९०७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

देश भर २०३६७ जनाको पिसिआर परिक्षण गर्दा ९०७० र ७७५ जनाको एन्टिजेन परिक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २०३ र काठमाडौं उपत्यकाका ३९७२ जना रहेका छन्।

आज थप ५४ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३५२९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३१४ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८