वैशाख–२२, २०७८
चितवन । पछिल्लो २४ घन्टामा १ हजार ९९३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८९ हजार ७८३ रहेको छ । यो ८.६ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ८६५९जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।
देश भर २० हजार ७५६ जनाको पिसिआर परिक्षण गर्दा ८ हजार ६०५ र ६१६ जनाको एन्टिजेन परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २५५ र उपत्यकाका ४८२५ जना रहेका छन् ।
आज थप ५७ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ४७५पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २५३ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८