नेपाल पक्षलाई सडकबाटै ओलीको धम्कि,बैठकमा नआए सिधै कारबाहि

  • खबरदाता
  • फागुन २९, २०७७

 

फागुन २९,२०७७

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खुला मंच बाटै बैठकमा आउन निम्तो दिएका छन ।उनले चैत्र ७ गते हुने बैठकमा नआउनेलाई सिधै कार्बाही गर्ने चेतावनी समेत दिए।

ओलीले अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै मञ्चबाटै चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले राजसि भाषामा पटक–पटक दोहोर्‍याउँदै बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएरहे।

ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको स्पष्ट पारे। ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने भन्दै ओलीले बैठकमा उपस्थित हुन सबै नेलाई निम्तो दिएका हुन्।

आफ्नो सम्बोधनमा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रहसमेत गरेका हुन।

उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टा देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए। उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरे।

उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताए ।

‘मैंले अरूले जस्तो उहाँहरूको पद खोसेको छैन,’ ओलीले भने, ‘उहाँहरू कता–कता हुनुहुन्छ । पार्टी त सञ्चालन गर्दै गर्नुपर्‍यो नि १’
ओलीले ७ गते सबैजना बसेर छलफल गर्ने बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८