फागुन १५, २०७७
नवलपुर । नवलपुर जिल्लामा आज ८ घण्टा बत्ती नआउने भएको छ ।
कावासोती १३२ केभि प्रगतिनगर सबस्टेशनमा बुटवल ग्रिड महाशाखाले बसवार एक्सटेन्सन तथा आइसोलेसन कार्य गर्ने भएकाले लाइन नआउने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ ।
१ लाख ३२ हजार भोल्टेजको मुख्य प्रशारण लाइनमै मर्मत सुधार गर्नुपर्ने भएकाले नवलपुरका प्राय धेरै क्षेत्रमा लाइन अवरुद्ध हुनेछ ।
प्रगतिनगर सबस्टेशन, कावासोती सबस्टेशन र मुकुन्दपुर सबस्टेशनबाट विद्युत सेवा प्रसारण हुने सवै स्थानमा विद्युत अहिले विहान ९ बजेदेखि बेलुकी ५ बजेस्म्म सेवा अवरुद्ध रहने जनाइएको छ । काम चाँडै सम्पन्न भए तोकिएको समय अघिनै विद्युत लाईन आउने बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८