• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम र समर्पित : प्रधानसेनापति

  • खबरदाता

नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम र समर्पित : प्रधानसेनापति

फाल्गुन ६, २०७७

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम रहेको बताएका छन् । सेनाका उच्च अधिकारीहरुको एक जमघटमा उनले नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै राष्ट्र रक्षाको लागि सक्षम तथा समर्पित रहेको बताएका हुन् । परिवर्तनको सुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात गरेमा आ(आफ्नो क्षेत्रमा वा संगठनमा परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न सक्षम हुने धारणा पनि उनले राखेका थिए ।

संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना विषयमा चारदिने गोष्ठीको समापन गर्दै प्रधानसेनापति थापाले आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरु सबै अस्थायी रहेको टिप्पणी पनि गरे । परिवर्तनको प्रकृति अपरिवर्तनीय रहेको र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो ।

नेतृत्व वर्ग आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्नेमा पनि उनले कार्यक्रममा जोड दिएका थिए । बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए।

  • प्रकाशित मिति : फागुन ६, २०७७, बिहीवार ०१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८