• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

नयाँ भेरिएन्टका लागि मोर्डनाको भ्याक्सिन उपयोगी

  • खबरदाता

नयाँ भेरिएन्टका लागि मोर्डनाको भ्याक्सिन उपयोगी

माघ १३,२०७७

कोभिड -१९ को नयाँ भेरिएन्टमा पनि मोर्डनाको भ्याक्सिन उपयोगी हुने देखिएको छ । उत्पादक कम्पनीले सुरुवाती ल्याबमा गरिएको परीक्षणमा सो कुरा देखिएको जनाए पनि यथेष्ट प्रमाणका लागि मानिसमा भ्याक्सिन लगाउँदै गए पछि सबै प्रस्ट हुने जनाएको छ ।

नयाँ भेरिएन्टको तीव्र गतिमा सङ्क्रमण फैलिएको छ । यो म्युटेसन हुने क्रम पनि यसरीनै चली रहेका कारण धेरैका कुरा पुष्टि गर्न अझ लामो समय प्रतीक्षा गर्नु पर्ने भएको हो । यस अघि फाइजरले पनि बेलायतमा देखिएको नयाँ भेरिएन्टमा काम गर्ने जनाएको थियो ।

भाइरस लिएका आठ जनाको शरीरबाट रगत निकालेर उनीहरुको एन्टी बडीले काम गर्छ की गर्दैन भनेर हेरिएको हो । ल्याबमा गरिएको परीक्षणले बेलायतको भन्दा दक्षिण अफ्रिकाको हकमा एन्टबडी कमजोर रहेको देखिएको छ । दक्षिण अफ्रिकी भेरिएन्टबाट भने लामो समय रक्षा गर्न नसक्ने सम्भावना औँल्याइएको छ ।

बेलायती नियामक संस्थाले मोर्डनाको भ्याक्सिन अप्रिल देखि वितरण गर्ने गरी स्वीकृत गरेको छ । पहिले नै अर्डर गरिएका १ करोड १७ लाख डोज पनि अप्रिल अघि आउने सम्भावना देखिएको छैन । बेलायतमा ६३ लाख भन्दा बढीले फाइजर यो मोर्डना मध्य एकको भ्याक्सिन लगाइसकेका छन् ।

  • प्रकाशित मिति : माघ १३, २०७७, मंगलवार ०१:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८