• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

सीटिजनका ४३ जना अभिकर्ता एमडीआरटी क्वालिफाई

  • खबरदाता

सीटिजनका ४३ जना अभिकर्ता एमडीआरटी क्वालिफाई

जसले जागिर नखाई एजेन्सी बनेकै भरमा लाखौँ रुपैया आयआर्जन गर्न सफल मात्र भएनन् क्यानडा र अमेरिकामा हुने मिलिनियम डलर राउण्ड टेवलमा भाग लिन आफूलाई योग्य समेत बनाए ।

केपी शर्मा,माघ ९, २०७७

चितवन । सीटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ४३ जना सदस्यहरु मिलेनियम डलर राउण्ड टेबल (एमडीआरटी) मा छनौट भएका हुन्।

३५ लाख भन्दा बढीको विजनेस र १० लाख भन्दा बढीको कमिसन नाफा गरेपछि उनीहरु एमडीआरटी अर्थात मिलेनियम डलर राउण्ड टेवलमा आवदेन गर्न योग्य भएका हुन् । वर्ष २०२१ को लागि जेनीमाया घिसिङ पहिलो एमडीआरटी योग्य हुने महिला हुन् भने वर्ष २०२२ को लागि कमला थापा योग्य भइसकेकी छिन् । उनले वर्षको पहिलो महिनामै तार्केट पुरा गरेकी हुन् ।

सीटिजन लाईफ इन्स्योरेन्सले यसको अलवा ६९ जना एजेन्सी लिडरहरुलाई पनि सम्मान गरेको छ । उनीहरुलाई सीटिजनका एम्वास्डर महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काममा योगदान गरेवापत कम्पनीको तर्फबाट सम्मान गरेका हुन् ।

नेपालभरीका १४३ शाखाबाट सहभागीता गराइएको उक्त कार्यक्रम पर्यटकीय नगरी चितवनको सौराहामा बिहीवार र शुक्रवार गरी २ सम्म चलेको थियो ।

त्यस्तै कम्पनीले २४ वटा शाखालाई पनि कार्यदक्षतामा अब्बल भएको भन्दै सम्मान गरेको छ । त्यस्तै जमल, वानेश्वर, वालाजु, बुटवल, पोखरा, सुर्खेत, काठमाण्डौ र हेटौँडा समेत गरी ८ वटा क्षेत्रलाई उत्कृष्ट क्षेत्रको रुपमा सम्मान गरिएको हो ।

स्वावलम्वी स्वरोजगार अभियान नारा दिएर कम्पनीले नयाँ कार्यक्रमको योजना ल्याएको छ । यो कार्यक्रमको वारेमा कम्पनीका प्रमुख बजार व्यवस्थापक भूषण रिमालले प्रकाश पारेका थिए । उनले भने,“हामी सबैलाई आफ्नो खुट्टामा आफै उभिन सिकाउँछाँै । त्यसका लागि हामीसँग जो कोही पनि जोडिन सक्नुहुनेछ ।”

कार्यक्रममा कम्पनीको आफ्नै पिन उद्घाटन गरिएको थियो । कम्पनीका एम्वास्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक अर्कालाई पिन लगाइदिएर उद्घाटन गरेका हुन्।

कार्यक्रममा महजोडी, कम्पनीका बोर्ड अफ डाइरेक्टर महेश स्वार, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख व्यवसायी अधिकृत शुनिल पोख्रेल लगायतले कम्पनीको बारेमा र वास्तावमा बीमा के हो र के का लागि गरिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

  • प्रकाशित मिति : माघ ९, २०७७, शुक्रवार ०५:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८