• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

भारतमा खोप : ५२ जनामा देखियो साइडइफेक्ट


भारतमा खोप : ५२ जनामा देखियो साइडइफेक्ट

 

माघ ४, २०७७
भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका मध्ये ५२ जनामा साइडइफेक्ट देखिएको जनाइएको छ । खोप लगाएका मध्ये केहीलाई एलर्जीलगायतका समस्या देखिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

साइड इफेक्ट भएकालाई अहिलेसम्म अस्पतालनै भर्ना गर्नुपर्ने अवस्था नआएको र उनीहरूलाई स्थानीय प्रशासनले निगरानीमा राखेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्पी कोभ्याक्सिन निर्माता भारत बायोटेकले भ्याक्सिनले साइड इफेक्ट गरेमा क्षतिपूर्ति दिने यसअघि नै घोषणा गरिसकेको छ ।

त्यहाँ सनिवार खोप लगाउन सुरू गरिएको हो । पहिलो दिन करीब दुइ लाख जनाले खोप लगाएका छन् । यसरी खोप लगाउनेमा बढीमात्रामा डाक्टर,नर्स र सफाइकर्मी रहेका छन् । पहिलो चरणमा कोरोना महामारीमा पनि अग्र मोर्चामा रहेर कार्य गर्दै आएकाहरूलाई खोप लगाइसकिएपछि मात्र दोस्रो चरणमा अन्य व्यक्तिलाई लगाउन शुरू गरिने बताइएको छ ।

खोपका लागि सयौं स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।भारत सरकारले कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो। ( एजेन्सी )

  • प्रकाशित मिति : माघ ४, २०७७, आइतवार ०७:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८