माघ–३,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४७७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४ रहेको छ । यो ९७।८ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३८१९ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा १३१ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १९५४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १६९ र भेन्टिलेटरमा ३८ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने कालीकोट ,रुकुम पश्चिम् र मुगुमा संक्रमितको संख्या सुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८