• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

वितरणको तयारीबिनै अक्सफोर्डको भ्याक्सिनलाई नेपालमा अनुमति

  • खबरदाता

वितरणको तयारीबिनै अक्सफोर्डको भ्याक्सिनलाई नेपालमा अनुमति

माघ २,२०७७

चितवन । सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्टिच्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रजेनेकाले निर्माण गरेको भ्याक्सिन भारतमा सिरम इन्स्टिच्युटले ’कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । सोही भ्याक्सिनले नेपालका लागि अनुमति पाएको हो । खोपको आपत्कालीन प्रयोगका लागि शुक्रवार बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

यसअघि औषधि ऐन २०३५ को तेस्रो संशोधन को दफा ९ ञकझको कार्यान्वयनको लागि तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपत्कालीन प्रयोगको लागि दर्ता गर्नलाई औषधि व्यवस्था विभागले सूचना जारी गरेको थियो ।

भारतबाट आयात गर्नको लागि सहज वातावरण निर्माण गरिएको विभागले जानकारी दिएको छ । सिरमले उत्पादन गरेको खोप दुई देखि आठ डिग्रीसम्मको तापक्रममा राख्न मिल्छ । साथै बेलायतमा देखिएको नयाँ भेरिएन्टका लागि समेत यो खोप सफल हुने विश्वास गरिएको छ । तथापि हालै दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरिएन्टका बारे भने अध्ययन हुन बाँकी छ ।

सिरमले सन् २०२० को अन्त्यमा ५ करोड डोज उत्पादन गरिसकेको थियो । यो खोपको आधा भारतीय सरकारले प्रयोग गर्ने छ । एक व्यक्तिलाई दुई डोज आवश्यक हुन्छ । धेरै देशमा पोखले मान्यता पाएपछि तत्काल समूहमा भ्याक्सिन दिइने प्रचलन छ । तथापि नेपालमा यो तयारी भने भएको छैन । भण्डारको स्थान , खोप केन्द्रको तय, सुरुवाती संख्या तथा प्राथमिकताको आधारमा नामाङ्कन लगायत कुनै पनि काम नेपालमा भएको छैन ।

  • प्रकाशित मिति : माघ २, २०७७, शुक्रवार ११:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८