आज ३०८४ परीक्षणमा २७० संक्रमित

  • खबरदाता
  • माघ ०२, २०७७

माघ २ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार ५६७ रहेको छ । यो ९७.७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३ हजार ८४ सय जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।
आज चितवनमा १५ र काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३०१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १६५ र भेन्टिलेटरमा ३८ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् भने कालिकोट, रुकुम पश्चिम र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८