‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

  • माघ ०२, २०७७

माघ २,२०७७
चितवन । कोरोना भाइरसको महामारी चलिरहदा विश्वका अधिकाँश मुलुकहरुले खोपलाई मान्यता दिई प्रयोगमा ल्याइसकेको अवस्थामा नेपालमा भने बल्ल आपतकालिन प्रयोगका लागि खोपलाई अनुमित दिइने भएको छ ।

औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई उक्त अनुमति दिएको हो ।
उक्त खोप सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको हो । सोही खोपलाई आपतकालीन प्रयोगका लागि नेपालले सशर्त अनुमति दिइएको हो ।

छिमेकी मुलुकको नाताले र खोप ल्याउन सजिलो हुने भएकाले यो निर्णयमा विभाग पुगेको जनाइएको छ । विभागले दुई दिन अघि मात्रै आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान समेत गरेको थियो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । पछिल्लो समय विश्वमा रहेका आप्रवासी नेपालीहरुले कोरोनाको खोप प्रयोग गरिरहेको अवस्थामा नेपालमा भने हालसम्म कुनैपनि खोपलाई अनुमति दिइएको थिएन ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८