पौष–२९ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४१४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५९ हजार ७२२ रहेको छ । यो ९७.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४ हजार १५४ सय जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।
आज चितवनमा ६ र काठमाडौं उपत्यकामा २४६ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ४३४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १४४ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् भने ताप्लेजुङ, कालिकोट, रुकुम पश्चिम, मुगु र बाजुरा जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८