• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

लायन्सद्धारा २६५ जनाको आँखादान दिने सहमति पत्र हस्तान्तरण


लायन्सद्धारा २६५ जनाको आँखादान दिने सहमति पत्र हस्तान्तरण

केपी शर्मा – पौष २९, २०७७
चितवन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू एरिया नम्वर ३ ले थप २६५ जनाको आँखा दान गर्ने सहमति पत्र बुझाएको छ ।

लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मजयन्तीको अवसर पारेर उक्त सहमति पत्र लान्यसले नेपाल नेत्रज्योति संघ जिल्ला शाखा चितवन भरतपुर आँखा अस्पताललाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक गर्भनर एमजेएफ लायन रामप्रसाद भट्टले लायन्सहरुले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । उनले भने,“आँखा दानले आँखा नभएका तर जीवन भएपनि अंध्यारोमा बस्न वाध्यहुनेहरुलाई उज्यालो देखाउन महत्वपूर्ण भूमिका हुनेछ ।”

यस्तै अस्पतालका अध्यक्ष कृष्णराज धरेलले लायन्सहरुको आँखा दान गर्ने कार्यले धेरैले उज्यालो हेर्न पाउने बताए । यस्ता कार्यहरुलाई निरन्तरता दिइरहन उनले अनुरोध समेत गरे ।

कार्यक्रम एरिया नम्वर ३ का एरिया चिफ लायन प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको एरिया सचिव लायन पूर्ण शर्माले सहजीकरण गरेका थिए ।

लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मदिनको अवसर पारेर एरिया नम्वर ३ अन्गर्त चितवन र नवलपुरका लायन्स क्लवहरुले आज विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् ।

एरिया नम्वर ३ ले यो भन्दा अघि विश्व दृष्टि दिवस अक्टोबर आठका दिन पनि ४६५ जनाको आँखा दान गर्ने सहमति पत्र आँखा अस्पताललाई बुझाइसकेको छ ।

  • प्रकाशित मिति : पुस २९, २०७७, बुधवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८