• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

६ हजार ७०६ परीक्षणमा ४०९ संक्रमित

  • खवरदाता

६ हजार ७०६ परीक्षणमा ४०९ संक्रमित

पौष–२२ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४९५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५६ हजार १६१ रहेको छ । यो ९७.३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ६ हजार ७ सय ६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३हजार १९३ पुगेको छ ।
आज चितवनमा २१ र काठमाडौं उपत्यकामा १८४ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १८९९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १३३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३४२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १९७ र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने डोल्पा,सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २२, २०७७, बुधवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८