• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मंगलबार ५२२ संक्रमित हुँदा ५७८ निको भए

  • खवरदाता

मंगलबार ५२२ संक्रमित हुँदा ५७८ निको भए

पौष–२१,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ५७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको कुल संख्या २ लाख ५५ हजार ६६६ रहेको छ । यो ९७.३ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४ हजार ५ सय ५१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
आज चितवनमा १६ र काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १८९३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३४२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २०३ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २१, २०७७, मंगलवार ११:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८