• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बेलायतमा लकडाउनका बिच भ्याक्सिन दिइने

  • खवरदाता

बेलायतमा लकडाउनका बिच भ्याक्सिन दिइने

पौष–२१, २०७७

नयाँ भेरिएन्टको कोरोना भाइरसका कारण सङ्क्रमण धेरै फैलन थाले पछि इंग्ल्यान्डमा कडा लकडाउन लगाइएको छ ।

फेब्रअरीको मध्यसम्म अति आवश्यक काम बाहेक कसैलाई पनि घर बाहिर निस्कन बन्देज लगाइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रअरीकोे मध्यसम्ममा जोखिममा रहेका चार समूहलाई भ्याक्सिन लगाइसकिने जानकारी दिए ।

सबै केयर होममा रहेका, तिनको हेरचाह गर्ने, ७० वर्ष भन्दा माथिका व्यक्ति, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा दिर्घरोघीहरुलाई फेब्रअरी मध्यसम्म एक डोज भ्याक्सिन लगाइने छ ।

स्कटल्यान्डले यस अघि नै सबैलाई घरमा बस्न अपिल गरिसकेको छ । वेल्समा भने स्कुल र कलेज बन्द गरिएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत अहिले सबैभन्दा कठिन र अन्तिम लडाइ लडी रहेको प्रतिक्रिया दिएका छन् ।

  • प्रकाशित मिति : पुस २१, २०७७, मंगलवार ०३:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८