• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

२७ करोड लागतमा जखडीमाई खानेपानी आयोजना बन्ने

  • खवरदाता

२७ करोड लागतमा जखडीमाई खानेपानी आयोजना बन्ने

पौष १९, २०७७
चितवन । भरतपुरको ११ नम्वर वडामा जखडीमाई खानेपानी आयोजनाको निर्माणकार्य सुरु भएको छ । करिव २७ करोडको लागतमा निर्माण हुने लागेको उक्त खानोपानी आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।

नेपाल सरकार र भरतपुर खानेपानी बोर्डको संयुक्त लगानीमा उक्त खानेपानी आयोजना निर्माण हुन लागेको हो । सीएवी परेरा जेभी संग कुल २७ करोड १७ लाख २४ हजार ५ सय रुपैयाको लागतमा ठेक्का सम्झौता भएको हो । गत असार ८ गते ठेक्का सम्झौता भएको उक्त खानेपानी आयोजना विस २०७९ असार ७ गते भित्रममा निर्माण सम्पन्न भइसक्नुपर्नेछ ।

आयोजना अन्तर्गत २ थान डिप बोरिङ्ग, ४ सय ५० घनमिटर क्षमताको ओभर हेड टंकी र ९ सय घन मिटर क्षमताको अर्का एक टंकी, ७५ किलोमिटर पाइपलाईन र बिद्यालय कम्पाउण्ड वाल तथा सौचालय निर्माण गरिने बोर्डले जनाएको छ । उक्त आयोजना निर्माण सम्पन्न पश्चात भरतपुर ११ र १२ का पनि केही क्षेत्रका गरी करिव ४० हजार जनसंख्या लाभान्वित हुने छन् ।

आयोजनाको आज भरतपुर महानगरप्रमुख रेनु दाहालले शिलान्यास गर्दै महानगरको सबै वडामा स्वच्छ खानेपानी उपलब्ध गराउने काम भइरहेको बताइन् ।

महानगर भएपनि खानेपानीको समस्या भएका मेघौलीदेखि चौकीडाँडासम्मका स्थानीयलाई पनि शुद्ध खानेपानीको प्रबन्ध गर्ने दायित्व महानगरको भएको र त्यसका लागि काम भइरहेको उनको भनाई थियो ।

  • प्रकाशित मिति : पुस १९, २०७७, आइतवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८