• कात्तिक २२, २०८१, बिहीवार Thursday, 07 November, 2024

५ हजार ८ सय परीक्षणमा ४२१ संक्रमित

  • खवरदाता

५ हजार ८ सय परीक्षणमा ४२१ संक्रमित

पौष–१९,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६३७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५४ हजार ४९४ रहेको छ । यो ९७.२ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार ८ सय जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा १९७ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १८७८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ४८७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १९९ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १९, २०७७, आइतवार ११:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८