• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

५ हजार परीक्षणमा ४१९ संक्रमित


५ हजार परीक्षणमा ४१९ संक्रमित

पौष–१८,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७५० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५३ हजार ८५७ रहेको छ । यो ९७.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

आज चितवनमा ११ र काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिए ।  देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १८७० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ७११ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २१८ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने पाँचथर,सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८