• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आप्रवासी नेपालीले लगाउन थाले खोप

  • खबरदाता

आप्रवासी नेपालीले लगाउन थाले खोप

पौष १२,२०७७
चितवन । गैर आवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।

बेलायत, कतार, क्यानडा, साउदी अरब, अमेरिका बहराइनमा रहेका गैर आवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोना विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।

यस्तै विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अरब, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार १०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८