• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज ६३५१ को परिक्षण , ७४२ संक्रमित

  • खबरदाता

आज ६३५१ को परिक्षण , ७४२ संक्रमित

 

पौष–६, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज १०७९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । यो ९६।१ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ३५१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५४१ पुगेको छ ।

आज चितवनमा २६ र काठमाडौं उपत्यकामा ३११ जना संक्रमित थपिए । देशमा थप ७ जनाले ज्यान गुमाउँदा कुल संख्या १७९५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ९७६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४२१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २७९ र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौ र ललितपुरमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मनाङ्ग र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस ६, २०७७, सोमवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८