पौष–५, २०७७
बेलायतमा क्रिसमसको दिन दिइने छुटलाई इंग्ल्यान्डको दक्षिण पूर्वी क्षेत्रमा यथावतै राखिएको छ । इग्ल्यान्डका अन्य भाग तथा स्कटल्यान्ड र वेल्समा भने नयाँ मापदण्ड तय गरिएको छ ।
लन्डन,केन्ट,एसेक्स र बेडफोर्डसायरमा एक घरमा व्यक्तिलाई अर्को घरको व्यक्तिसँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ ।
वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ स्ट्रेन एकदम छिटो फैलने चेतावनी दिइरहेको समयमा बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनले यो कुरा बताएका हुन् । इग्ल्यान्डका अन्य केही स्थानमा लकडाउन यथावतै राखिएका छन् ।
क्रिसमसको दिन अलि खुकुलो भए पनि स्कटल्यान्डमा अन्य दिन कडा पारिने भएको छ । जोन्सनले यो निर्णय गर्दा आफू दुखी भएको बताउँदै नयाँ स्ट्रेन यस अघिको भन्दा ७० प्रतिशत छिटो फैलने बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८