• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

आज १०२९ निको भए, मृत्युहुने १६ जना

  • खवरदाता

आज १०२९ निको भए, मृत्युहुने १६ जना

पौष–३, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज १०२९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यो ९५.६ प्रतिशत हुन आउँछ ।

पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ७०६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

आज चितवनमा २१ र काठमाडौं उपत्यकामा २८७ जना संक्रमित थपिए । देशमा थप १६ जनाले ज्यान गुमाउँदा कुल संख्या १७६५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ३१७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४२७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २८३ र भेन्टिलेटरमा ४९ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मनाङ्ग जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस ३, २०७७, शुक्रवार ११:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८