• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका स्थानीय तहमा भ्रष्टचारै भ्रष्टचार, चार महिनामा २२ उजुरी

  • खवरदाता

चितवनका स्थानीय तहमा भ्रष्टचारै भ्रष्टचार, चार महिनामा २२ उजुरी

पौष २, २०७७ ।
चितवन । चितवन जिल्लाका स्थानीय तहहरुमा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको दैलोमा सरकार आएकोमा खुशी हुनुपर्ने समय भ्रष्टचार भयो भनी उजुरी गर्नुपर्ने अवस्था आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्ममा चितवनका स्थानीय तहमा २२ वटा उजुरी परेका छन् । जसमध्ये १९ वटा पर्छौट हुन बाँकी छन् ।
त्यस्तै स्थानीय तहको शिक्षासँग सम्वन्धीत क्षेत्रमा भ्रष्टचार भयो भनी १२ वटा उजुरी परेकोमा १ वटा मात्रै पर्छोट भएको र ११ वटा बाँकी रहेको अख्तियारको कार्यालय हेटौँडाले जानकारी दिएको छ । संघीय वन मन्त्रालय, गृहमन्त्रालय, प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी अन्तर्गत २÷२ वटा उजुरी दर्ता भएका छन् ।
त्यसैगरी प्रदेश वन तथा वातावरण अन्तर्गत ९ वटा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत ३ वटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तगर्त ३ वटा उजुरी दर्ता भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात, प्रदेश भूमि व्यवस्था, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्यतर्फ मात्रै र शहरी विकास मन्त्रालय अन्तगर्त १/१ वटा उजुरी दर्ता भएका छन् । यी सवै उजुरीहरु पर्छोट हुन वाँकी रहेको कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय अन्तगर्त परेको ४ वटा उजुरीमा २ वटाको पर्छौट र २ वटा वाँकी रहेको कार्यालयले जनाएको छ ।
१२ जिल्ला हेर्दै आएको अख्तियार कार्यालय हेटौँडामा चालु आर्थिक वर्ष २०७७/०७८ को कार्तिक मसान्त सम्म ५५६ वटा उजुरी दर्ता भएका छन् । जसमा ७३ वटा मात्रै पर्छौट भएको र अन्य प्रकृयामा रहेको सुचना अधिकारी महेशराज तिम्सीनाले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ०९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८