• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

रत्ननगर उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेक नेकपा निकट बिजयि

  • खवरदाता

रत्ननगर उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेक नेकपा निकट बिजयि

पुष–१, २०७७

चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष र बस्तुगत तर्फको उपाध्यक्ष पद बाहेक सवैमा नेकपा निकट व्यसायीहरुको नेतृत्व आएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार अनिल कृष्ण श्रेष्ठ स्वत अध्यक्षमा आएका छन् भने वाँकी पदका लागि निर्वाचन भएको थियो । \मंगलवार सम्पन्न मगतणना अनुसार वरिष्ठ उपाध्यक्षमा नेकपा प्यानलका उम्मेदवार शंकर गिरी निर्वाचित भएका छन् । उनले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई ५९ मतले पराजित गरेका थिए । गिरीले ६०४ ल्याउँदा श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए । २१ औं साधारणसभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनमा १ हजार ३२५ मतदाता रहेकोमा १ हजार १९१ मत खसेको थियो । \

बणिज्य तर्फको उपाध्यक्षमा नेकपा प्यानलका उम्मेदवार भिमनारायण श्रेष्ठ ५ सय ३७ मतले निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी काँग्रेस प्यानलका उम्मेदवार कविन घिमिरेले ३ सय ७७ मत र स्वतन्त्र उम्मेदवार रहेका देवी डल्लाकोटीले २ सय १३ मत प्राप्त गरेका थिए ।
यस्तै, उद्योग तर्फको उपाध्यक्षमा नेकपा प्यानलकै उम्मेदवार पुरु खनाल बिजयी भएका छन् । उनले ५ सय ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी काँग्रेस प्यानलका निरञ्जन थापाले ५ सय ४१ मत प्राप्त गरेका थिए ।

यस्तै एसोसियट तर्फ पनि नेकपा प्यानलकै उम्मेदवार राममणि थपलिया निर्वाचित भए । उनले ६६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदावर काँग्रेस प्यानलका हरी अधिकारीले ५३ मत प्राप्न गरेका थिए । संघको महासचिवमा पनि नेकपा प्यानलकै निराजन खनाल निर्वाचित भएका छन् । खनालले ६ सय ६३ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेस प्यानलका माधव पौडेलले ४ सय ६० मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा उपेन्द्रशर्मा आचार्य ६ सय ४० मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेस प्यानलका मिना उप्रेतीले ४ सय ७३ मत प्राप्त गरिन ।

महिला सदस्य तर्फ पनि नेकपा निकट प्यानलकी निर्मला सुबेदी निर्वाचित भएकी निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बाणिज्य तर्फको सदस्यहरुमा ईश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुबेदी, सुरेन्द्र पाण्डे, अर्जुन बास्ताकोटी, उत्तम घिमिरे, प्रकाशमणि सापकोटा, सुर्य प्रकाश रेग्मी तथा उद्योग तर्फको सदस्यहरुमा बिरञ्जना सापकोटा, महेन्द्र घिमिरे, रामप्रसाद पाण्डे, अनुप बिसुराल, सुबास मिश्र र उद्धव प्रसाद कोईराला निर्वाचित भएका छन् । त्यस्तै बस्तुगत सदस्यमा कृष्ण सेढाई र एसोसियट सदस्यहरुमा जोगेन्द्र महतो सँगै लोजिक कृष्ण श्रेष्ठ निर्वाचित भए । संघमा यसअघि बस्तुगत तर्फको उपाध्यक्षमा कांग्रेस निकट ब्यबसायी रघु भट्ट निर्वीरोध भई सकेका थिए ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार ०२:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८