मंसिर ३०,२०७७
चितवन । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसमा प्रतिपक्षी दल नेपाली काँग्रेसको असहमति रहेको छ ।
परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साँझ ५ बजेका लागि बोलाइएको बैठकमा सहभागी नहुने भएका छन् ।
सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश जारी गरेर गलत गरेको भन्दै देउवा बैठकमा सहभागी नहुने सह महामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए ।
मङ्गलवार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।
मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी भएको हो । पटक पटक कुनै न कुनै सदस्य अनुपस्थित भएर लामो समय देखी संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
बैठक बस्न नसक्दा विभिन्न संवैधानिक निकायमा गरी ४५ वटा पदमा नियुक्तिको सिफारिस पनि हुन नसेके पछि सरकारले यो बाटो लिइएको हो । आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएपछि बैठक मङ्गलवार बिहान नौ बजे बोलाइएको थियो । उक्त बैठकमा बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकले वैधानिकता पाउन सकेन ।
५ बजे अर्को बैठक बस्नु अघि सरकारले नयाँ अध्यादेश जारी गरेको हो । परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहेका छन् ।
यो अध्यादेश जारी भए पछि बहुमत सदस्यको उपस्थितिमा मात्र बैठक बस्न सक्ने प्रावधान बनेको छ । यस अघिको प्रावधान अनुसार अध्यक्ष र कम्तीमा ४ सदस्य अनिवार्य उपस्थित हुने प्रावधान रहेको थियो । उप सभामुख रिक्त भएको अवस्थामा सबै सदस्यको उपस्थिति अनिवार्य थियो ।
यो घटना क्रमले नेकपाको शक्ति सङ्घर्षलाई अझ उजागर गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक चली रहेको तथा सबै दलले सांसद बैठक चाही रहेको समयमा यो अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८