• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

पत्रकार महासंघ चितवनले आफ्नो कल्याणकारी कोषमा १ करोड पुर्‍याउने

  • खबरदाता

पत्रकार महासंघ चितवनले आफ्नो कल्याणकारी कोषमा १ करोड पुर्‍याउने

मंसिर २७,२०७७
भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा १ करोड रुपैयासम्म पुर्याइने भएको छ ।
शनिबार सम्पन्न महासंघको साधारणसभामा बोल्दै अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैया संकलन भएको र यसको परिचालका लागि कार्यविधि पनि चाँडै बनाउने बताए।

उक्त साधारणसभाले सचिव तिर्थ नेपाल र कोषाध्यक्ष प्रकाशमणी ज्ञवालीलेद्वारा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन पास गर्दै भावि योजना समेत सार्वजनिक गरिएको हो । महासंघमा ६१ जनाले नयाँ सदस्यता पाएका छन् भने महासंघको सदस्यता सुद्दिकरण अन्तर्गत ३४ जनाको सदस्यता नविकरण गरिएको छैन ।

शाखा सचिव तीर्थ नेपालको संयोजकत्वमा कार्यालयमा स्थापना भएको हेल्प डेस्क प्रभावकारी भएको र कोरोनाको नाउँमा मालिकहरुले दुख दिएका १७ जना श्रमजीवि पत्रकारकाहरुका गुनासा तथा उजुरी संकलन गरी समाधान गरिएको महासंघले जानकारी दिएको छ । विस २०७३ साल चैत्र ५ गते भएको दशौँ अधिवेशनबाट आएको समितिले हालसम्म पत्रकार तथा मिडिया सुरक्षाका सवालमा आएका ६७ वटा घटनालाई पनि मिलाउँदै आइरहेको छ ।

पत्रकारहरुको क्षमता अभिवृद्धी हुनेगरी ३ दर्जन कार्यक्रम गरेको र ४८ पत्रकार लाभान्वित भएको महासंघ अध्यक्ष राधेश्याम खतीवडाले जानकारी दिए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले संघीयता आएर पत्रकारितामा झन् बढि खतरा बढेको बताए । आफै कानुन बनाउने अधिकार पाएका स्थानीय तहहरुले वास्तविक समस्याको पहिचान गरी कानुन निर्माण गर्नुपर्नेमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्तालाई नियन्त्रण गर्ने गरी कपि र पेष्ट गर्दै कानुनको ड्राफ्ट बनाएकाले लोकतन्त्र खतरामा रहेको भन्दै यि र यस्ता प्रवृतिका विरुद्ध महासंघ निरन्तर आन्दोलनमा रहेको उनको भनाइ थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले महासंघ सधैँ श्रमजीवि पत्रकारहरुको हक हित र अधिकारका लागि लडिरहने भन्दै अहिले पनि पारिश्रमिक तथा जागिरबाट हटाइएका पत्रकारहरुको पक्षमा आन्दोलनमा रहेको बताए । अव छिट्टै श्रमजीवि पत्रकारहरुर्लाइ दुख दिएका मालिकहरुको घर घेराउन गर्ने र सामाजिक तथा नैतिक दबाब दिनु पर्नेमा उनको जोड थियो।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल चितवनका पत्रकार एक भएकाले यतिका काम गर्न सफल भएको बताए । पत्रकार पार्टीगत भएपनि कार्यकर्ता भने बन्न नहुने समेत बताए।

त्यस्तै चितवनका कुनै पनि संचारमाध्यममा श्रमजीवि ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनले आज सम्पन्न गरेको साधारणमा सभामा सो कुराको जानकारी दिइएको हो । कार्यक्रममा १३ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु तथा पत्रकारसँग सम्वन्धीत विभिन्न पेशागत संघसंगठनका प्रमुखहरुको सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : मंसिर २७, २०७७, शनिवार १४:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८