मंसिर २६, २०७७
काठमाडौं । मेडिसिटि अस्पताल काठमाडौंमा उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् सांसद राजेन्द्र लिङदेनको स्वास्थमा सुधार आएको छ ।
पारिवारिक स्रोतका अनुसार सांसद लिङदेनको अक्सिजनको लेबल बढेको छ र उनि सामान्य बोलचाल गर्न सक्ने अवस्थामा आएका हुन।
फोक्सोमा निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि लिङदेनलाई सेनाको हेलिकोप्टरबाट बिहीबार साँझ काठ्माडौ ल्याइ अस्पताल भर्ना गरिएको हो।
गृहजिल्ला झापामा भएका धेरै कार्यक्रम र आन्दोलनको नेतृत्व गरिरहेका सांसद लिङदेनको केही दिनअघि स्वास्थमा समस्या आएको थियो ।
अहिले उनको मेडिसिटि अस्पतालको आइसियुमा उपचार भइरकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८