• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखियो

  • खबरदाता

भरतपुरको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखियो

मंसिर २५,२०७७
चितवन । भरतपुर महानगपालिकाको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखिएको छ । समुदाय प्रहरी–साझेदारी अन्तर्गत युएनडीपी र भरतपुर महानगर पालिकाको प्राविधिक सहयोग तथा फरवार्ड नेपालको सहकार्यमा उक्त ट्राफिक संकेत राखिएको हो ।

व्यस्त बजारमा अनाधिकृत पार्किङ गर्न , सडकमा जथाभावी रुपमा सवारी रोक्न नदिन, सार्वजनिक सवारीहरुलाई यात्रु पिक एण्ड ड्रप गर्ने निश्चित स्थानमा बस पकेट तोक्न नो पार्कीङ, नो स्टपका ५ थान, यात्रु पिक एण्ड ड्रपका २५ थान ट्राफिक संकेतमुलक बोर्ड बजारका बिभिन्न स्थानमा राखिएको हो।

साथै जेव्रा क्रसहरुमा पैदलयात्रुहरुको क्रसिङलाई सहज र सुरक्षित बनाउन बजारका व्यस्त ५ वटा जेव्राक्रसहरुको दुवै तर्फ रिफ्लेक्टिङ स्टिकर सहितको १० थान पैदलयात्री क्रसिङ चिन्ह, तथा बजार क्षेत्रको बढी दूर्घटना हुने स्थानहरु मध्ये एयरपोर्ट अगाडि र भरतपुर ओरालोमा दुर्घटना संभावित क्षेत्रु लेखिएको सचेतनामुलक वोर्ड समेत राखिएको छ ।

  • प्रकाशित मिति : मंसिर २५, २०७७, बिहीवार १५:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८