सोमवार थपिए १०१४ कोरोनाका संक्रमित

  • खवरदाता
  • मङि्सर २२, २०७७

मंसिर– २२,२०७७

भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६२२० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

आज चितवनमा ३० र काठमाडौं उपत्यकामा ४४२ जना संक्रमित भेटिए ।
सरकारी तथ्यांक अनुसार सोमवार १ हजार ६ सय २८ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । यो ९४ प्रतिशत हुन आउँछ ।

आज थप २० जनाले ज्यान गुमाउँदा ज्यान गुमाउँनेको कुल संख्या १६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १२ हजार ९४८ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५२७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ३३२ र भेन्टिलेटरमा ५३ जनाको उपचार भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८