मंसिर २०, २०७७
चितवन । कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले १७ औँ स्वयम् सेविका दिवस मनाएको छ । यसैविच स्वयम सेविकाको उच्च मूल्याङ्कन गर्दै भरतपुर महानगरपालिकाले सात जना स्वयमसेविलाई साइकल वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै महानगरप्रमुख रेणु दाहालले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखेर कामहरू अगाडी बढाइरहेको बताइन् । महिला स्यवंसेविकाहरूलाइ उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गर्दै स्वास्थ्य केन्द्र नभएका वडाहरूमा आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाउने र महानगरको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरी गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा लागिरहेको दाहालको भनाई थियो ।
शिवनगर स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ श्य्याको सुबिधा सम्पन्न अस्पतालको रूपमा बिकास गर्न महानगर लागिपरेको बताउदैं त्यसका लागि संघिय सरकारसंग बजेट माग गरिएको जानकारी दिइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८