• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका १४ मध्ये ७ क्रसरउद्योग विना दर्ता संचालनमा

  • खवरदाता

चितवनका १४ मध्ये ७ क्रसरउद्योग विना दर्ता संचालनमा

मंसिर १८, २०७७ ।
चितवन । चितवन जिल्लामा १४ वटा क्रसर उद्योगहरु मध्ये ७ वटा मात्रै कानुनी रुपमा दर्ता भएका छन् भने बाँकी सात वटा गैर कानूनी रुपमा संचालन भइरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज पौडेलका अनुसार कानुन सम्मत दर्ता भएका सात वटा मध्ये पनि ३ वटा मात्रै नियमित रुपमा संचालनमा रहेका छन् ।

देशभरका क्रसर उद्योग तथा वालुवा प्रशोधन केन्द्रको अवलोकन, निरीक्षण तथा अनुगमन गर्न सरकारले स्थानीय प्रशासनलाई दिएको निर्देशन पछि सरोकार निकायले अनुगमन गर्दा ७ वटा क्रसर उद्योग विना दर्ता संचालनमा रहेको पाइएको हो ।

विना दर्ता संचालनमा रहेका मध्ये २ वटा क्रसरलाई पूर्ण रुपमा बन्द गराइएको र ३ वटा क्रसरहरुलाई हाल भएको स्टक सकिएपछि पुन संचालन नगर्न भनिएको छ । जसमा भरतपुर २९ मा रहेको मकवानपुर इन्जिनियरीङ एण्ड म्यानीफेक्चरिङ प्रा.ली., महानगर बालुवा उद्योग र भरतपुर २६ मा रहेको एस.बी. कन्ट्याक्टीङ कम्पनी प्राली रहेका छन् ।

यी तीन वटालाई आफूसँग भएको स्टक र प्रत्येक दिन विक्रि भएको विवरण प्रहरीलाई अपटेड गराइरहन समेत पत्राचार गरिएको छ ।

केहीलाई आफ्नो कानुन सम्मतका कागजात देखाउन समय दिइएको अनुगमन टोलीले बताएको छ । ती मध्ये माडी नगरपालिका आफैले संचालन गरेको क्रसरको बारेमा निकुञ्जसँग समन्वय भएर सुरु भएको वा नभएको, क्रसरले निकुञ्जमा असर पारेको वा नपारेको वारे कागजात मागिएको छ भने अर्को शक्तिखोर फिस्लिङ सडक आयोजनालाई आवश्यक सामाग्री उपलब्ध गराउन संचालन भएको बताएकाले उक्त सडक आयोजना के हो र कसरी संचालन हुँदैछ भन्ने बारे बुझ्ने काम भइरहेको पौडेलले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७, बिहीवार ०९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८