मंसिर ११, २०७७
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको अर्नाले बच्चा जन्माएको छ । मंसिर ७ गते आईतबार निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको खुल्ला खोरमा एउटा अर्नाले वच्चा जन्माएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
यस आर्थिक वर्षमा यो पहिलो बच्चा हो भने यो संगै हालसम्म चिवतन राष्ट्रिय निकुञ्जमा ५ वटा बच्चा ईन्क्लोजरमा जन्मिएका छन् ।
निकुञ्जमा अर्नाको संख्या बडाउन कोसिटाप्पु वन्यजन्तु आरक्षबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा माउ ल्याईएकोमा ६ वटा बाढी, प्राकृतिक र बाघको आक्रमणले मरेका थिए ।
स्थानान्तरण गरि ल्याइएको ७ पोथी र २ भाले अर्ना गरी जम्मा ९ वटा अहिले रहेकोमा हालसम्म नवजात ३ भाले,१ पोथी र हालै जन्म भएको लिङ्ग पहिचान नभएको गरी अर्नाको संख्या कुल १४ वटा निकुञ्जमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८