कार्तिक–२८, २०७७
भरतपुर । शुक्रबार ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् ।
आज २ हजार १११ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३७ हजार २२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९७३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
आज चितवनमा १५ र काठमाण्डौं उपत्यकामा १२०७ जना संक्रमित थपिए। हाल देशभरमा ३८७ आईसियुमा छन् भने ८७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ३५३७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यो ८१।५ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा १३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १२०२ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८