• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

आज संक्रमित १९१३ थपिँदा २३४९ निको भए

  • खबरदाता

आज संक्रमित १९१३ थपिँदा २३४९ निको भए

 

कार्तिक–२७, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार २२ नमुनाको परिक्षण गर्दा १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ९१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३८ हजार ४६१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ३८४ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७७ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज चितवनमा २९ र काठमाण्डौं उपत्यकामा ९७३ जना संक्रमित थपिए। हाल देशभरमा ३७३ आईसियुमा छन् भने ८७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २३४९ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यो ८०।६ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १५ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ११८९ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८