• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा स्क्रफटाइफस र डेँगुका बिरामी बढे

  • खबरदाता

चितवनमा स्क्रफटाइफस र डेँगुका बिरामी बढे

कार्तिक २७,२०७७

चितवनमा स्क्रफ टाइफस र डेँगुका बिरामी बढेका छन् ।
कोरोना संक्रमण कोभिड १९ का संक्रमितको संख्यामा कमी नआइरहेको अव्यवस्थामा जिल्लामा यी दुइ रोगका विरामीहरु पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष साउन १ गते देखि कार्तिक २७ गते सम्म चितवनका १११ जनामा स्क्रफ टाइफस देखिएको छ भने डेँगु ३७ जनामा देखिएको छ ।

अन्य जिल्लाको सहित चितवनमा स्क्रफ टाइफसका विरामी भने १९९ पुगेका छन् । डेँगु देखिएका विरामीको सख्या ४५ पुगेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा स्क्रफ टाइफसका ५४ र डेँगुका २० जना, खैरहनी नगरपालिकामा १५ जना स्क्रफ टाइफस र ४ जनामा डेँगु देखिएको छ । त्यस्तै माडी नगरपालिकामा स्क्रफ टाइफसका ८ जना र डेङगुका १ जना, रत्ननगर नगरपालिकामा स्क्रफ टाइफसका २३ र डेङ्गुका ८ जना विरामी भेटिएका छन् ।

यता राप्ती नगरपालिकामा २३ जना स्क्र्रफ टाइफसका र १ जना डेङ्गुका विरामी रहेका छन् । कालिका नगरपालिकामा डेङ्गुका मात्रै ३ जना र इच्छाचकामना गाउँपालिकामा १ जना स्क्रफ टाइफसका बिरामी रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लामा ६१ जना महिलामा स्क्रफ टाइफस र ११ जनामा डेँगु तथा ५० जना पुरुषमा स्क्रफ टाइफस र २६ जनामा डेँगु देखिएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८