कार्तिक–२५, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ९६० नमुनाको परिक्षण गर्दा २ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।
आज २ हजार ७३६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार ३५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ७३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ३०१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
आज चितवनमा ७५ र काठमाण्डौं उपत्यकामा १४२० जना संक्रमित थपिए। हाल देशभरमा ४०४ आईसियुमा छन् भने ९६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ८५३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यो ८० प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ११४८ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८