• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

  • खबरदाता

चितवनमा ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

कार्तिक २५,२०७७
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडानम्वर १९ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषमा कार्तिक २१ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । कोभिड आइसीयु कक्षमा राखेर उपचार हुँदै गर्दा सोमबार राति ८ बजेर १८ मिनेटमा निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

उनमा उच्च रक्तचाप, मृगौलाको दिर्घरोग र मधुमेहको समेत समस्या रहेको समेत लम्सालले बताए ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७७, मंगलवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८