• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

करेन्ट लागेर चितवनमा एकको मृत्यु

  • खबरदाता

करेन्ट लागेर चितवनमा एकको मृत्यु

कार्तिक २४ ,२०७७

भरतपुर । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो करिव साँढे १ बजेतिर कालिका नगरपालिका ६ खोलेसिमल स्थित पुरुषोतम कडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुदा करेन्ट लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाका वडाम्वर १ बस्ने वर्ष ४५ का सुकबहादुर पाख्रिन रहेका छन् । करेन्ट लागि घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही रड तान्ने क्रममा बर्ष २८ का अनिश श्रेष्ठ पनि सामान्य घाईते भएको र उनको भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७, सोमवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८