कार्तिक २४, २०७७
भरतपुर । चितवन जिल्लामा निजी प्रयोजनका लागि १८१ जना व्यक्तिहरुसँग १९९ हतियार रहेको जिल्ला प्रशानसन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
निजि १९९ हतियार मध्ये अधिकाँश हतियाहरु चितवन जिल्ला भित्र मात्र प्रयोग गर्ने गरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलका अनुसार घरेलु हतियार, पेस्तोल, रिभल्भर, मिनियचर राइफल, टोटावाला वन्दुक,भरुवा वन्दुक, हावादारी वन्दुक दर्ताको अभिलेखमा रहेका छन् ।
दर्ता र नविकरण गर्नुपर्ने नियमअनुार चालु आर्थिक वर्षको कार्तिक २४ गते सम्म ५१ वटा हातहतियार मात्रै नविकरण भएको पौडेलले जानकारी दिए। चालु आर्थिक वर्ष २०७७/०७८ को श्रावण महिनामा मात्रै ४२ वटा हातहतियार नविकरण भएका छन् भने भदौमा १ वटा र असोजमा ५ गरी असोज मसान्त सम्म ४८ वटा र थप यो महिनामा नविकरण भएका हुन् ।
हात हतियार तथा खरखजाना ऐन २०१९ र नियमावली २०२८ अनुसार जुनसुकै नेपाली नागरिकले आफ्नो सुरक्षाका लागि हातहतियार राख्न पाइने प्रावधान छ । तर देशमा व्यक्ति र समूहबाट हिँसात्मक गतिविधि वढ्न थालेपछि सरकारले नयाँ हतियारहरु किन्न र दर्तामा पूर्णतय रोक लगाएको छ ।
व्यक्तिगत रुपमा किनिएका हातहतियारहरु एकपछि अर्को लाई विक्रि वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । हाल चितवनमा रहेका १९९ हतियार नयाँ नभई पुराना नै रहेको र वर्षै पिच्छे नविकरण भइरहेको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक फरक फरक हतियारको नविकरण शुल्क पनि फरक फरकनै रहेको उहाँको भनाई छ । जस अन्तर्गत हावादारी बन्दुकको २०० रुपैया, पेस्तोल राइफलको ५०० रुपैया, टोटावालाको १५० रुपैया र भरुवा बन्दुकको १०० रुपैया रहेको पौडेले बताए । चितवनमा हतियार राख्नेहरुमा पुराना जमिनदार, लाहुरे, ठूला व्यापारी र ठूला घरानाका रहेको पाइन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८