• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल

  • खबरदाता

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ७ गते सोमबार सन् २०२६ नोभेम्बर २३ तारिख। कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन सामान्य छ । राज्यको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा लाभ मिल्नेछ ।

वृष स् तपाईंका लागि आजको दिन सामान्य छ । खर्च बढ्नेछ । कार्यक्षेत्रमा थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । कृषि क्षेत्रमा नाफा हुने योग छ ।

मिथुन – दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । परोपकार गर्दा मन शान्त हुनेछ । राम्रो कामको प्रशंसा हुनेछ । स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट – राम्रो छ । खर्च कम गर्नु राम्रो हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ । शिक्षाको क्षेत्रमा झुकाव रहनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंह – दिन राम्रो छ । बौद्धिक साथीले साथ दिनेछन् । दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या – व्यवहार गर्न नजानेमा सञ्चित धन खर्च हुनेछ । ठुला योजनाको सुरुवात नगर्नु उचित छ । दाजुभाइ र बन्धुले साथ दिनेछन् । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । राज्यको लाभको पद प्राप्त हुने योग छ ।

तुला – दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिक – दिन राम्रो छ । मन प्रशन्न हुनेछ । धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारमा भने समस्या हुने जोखिम रहेको छ ।

धनु – तपाईंको गला र कलाको प्रशंसा हुनेछ । साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । जोगिएर यात्रा गर्नुपर्ने दिन छ ।

मकर – तपाईंका लागि दिन सामान्य छ । अचानक धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

कुम्भ – सानो कुराले झन्झट आइपर्नसक्छ । हरेक काममा जोखिम बढ्नेछ । शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन् । परिवारले राम्रो साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन- साना कुराले मनमा खुसी मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । मानसम्मान प्राप्त हुने दिनछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीसँगको भेटले मन शान्त बन्ने छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०८३, सोमवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८