• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा देउसीभैलो खेले प्रशानले कारवाही गर्ने


चितवनमा देउसीभैलो खेले प्रशानले कारवाही गर्ने

कार्तिक २२, २०७७
चितवन । यस वर्षको तिहारमा देउसी भैलो नखेल्न चितवन प्रशासनले आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमण जोखिम कायमै रहेको भन्दै प्रशानले देउसी भैलो खेल्न रोक लगाएको हो । जिल्लामा संक्रमण बढिरहेको हुँदा यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।

तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, आसिस दिन, दान दक्षिणा उठाउने काम नगर्न उहाले आग्रह गर्नुभयो । अटेर गरी देउसी भैलो खेलेको पाइएमा कानूनी कारवाही गरिने उहाँकाले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ०९:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८