कार्तिक २२,२०७७
नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन ।
बारको नेतृत्वमा उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद सदस्य बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ९पिएलए०ले बाजी मारेको छ । कोरोना महामारीका वीच आज सम्पन्न चुनावमा कुल १९८ सदस्य भएपनि १९० मत खसेको थियो । १९० मत खसेकोमा पिएलए तर्फका अध्यक्ष रामकृष्ण अधिकारीले १०७ मत प्राप्त गरी निर्वाचित भएका हुन। । उहाँका प्रतिद्धन्द्धी डिएलएका डा। हरिहर पोखरेलले ८० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित भए । उहाँका प्रतिद्धन्द्धी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गरे। प्यानलका उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा भने डिएलएका निर्वाचित भएका छन् ।
यो वाहेक अन्य सवै पदमा पिएलएका निर्वाचित भएका छन् ।
सचिवमा विनोद मिश्र ९९ मत सहित, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८ , सहसचिवमा शोभा भट्टराई १०६ मत सहित निर्वाचित भएका हुन ।
सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित भए । पिएलएबाट महिला सदस्यकी उम्मेदवार कल्पना लोहनी ८२ मत प्राप्त गरीन।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत ल्याई बिजयी भए । तर पार्षदका पिएलएतर्फबाट उम्मेदवार रहेका तुलसीराम पाण्डे भने ८७ मत प्राप्त गरी पराजित भए।
पराजित भएका बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह ९डिएलए० प्यानलका सचिवका उम्मेदवार श्रीराम दवाडीको ८२ मत , कोषाध्यक्ष बलराम पौडेलको ८६ र सहसचिवमा पृथ्वीदेवी सुवेदीको ८७ मत आएको थियो ।
सदस्यहरुका उम्मेदवार रहेका शेखरनाथ पोखरेलको ७६, हरिहर दवाडी ८४, वासुदेव आचार्य ६७, सुरेन्द्रराज सुवेदी ८२, प्रेमकुमार श्रेष्ठ ७८, तीर्थराज पोखरेल ८९ , विष्णुहरि कोइरालाको ७० मात्र मत आएको थियो ।
केन्द्रीय पार्षदका उम्मेदवार हिरादत्त तिवारी ८५, गोविन्द गौतम ७१ , दिवाकर भुषाल ८०, रामचन्द्र भट्ट ८३, लोकनाथ शर्मा ७२, पदमकुमार श्रेष्ठ ७६, पूर्णचन्द्र चापागाई ८७ मत प्राप्त गरी पराजित भएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८