• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

शुक्रवार २९०९ थपीदा ४५०० संक्रमित निको भए

  • खबरदाता

शुक्रवार २९०९ थपीदा ४५०० संक्रमित निको भए

 

कार्तिक–२१, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार १५४ नमुनाको परिक्षण गर्दा २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ९०९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३४ हजार ९०५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २८ हजार ९९३ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ९१२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ६७, काठमाण्डौं उपत्यकामा १३३८ जना
रहेका छन् । हाल देशभरमा ३८० आईसियुमा छन् भने ८३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ४५०० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । यो ८१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १०७० पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७७, शुक्रवार ११:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८