• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

दिनभरमा ३४३० निको हुँदा ३०५१ संक्रमित थपिए

  • खबरदाता

दिनभरमा ३४३० निको हुँदा ३०५१ संक्रमित थपिए

 

कार्तिक–२०, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ६८ नमुनाको परिक्षण गर्दा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार ५१४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ५७४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ९४० जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ११०, काठमाण्डौं उपत्यकामा १३९८ जना
रहेका छन् । हाल देशभरमा ४२८ आईसियुमा छन् भने ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३४३० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यो ७९।८ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १०५२ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७, बिहीवार ११:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८