कार्तिक–४, २०७७
यस सत्रको आइपिएलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाइ सुपर किङ्सको प्ले अफ प्रवेशको सम्भावना लगभग सकिएको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नाइलाई ७ विकेटले हरायो । १० खेलमा चेन्नाइको यो सातौँ हार हो ।
चेन्नाइले छाडेको १२६ रनको लक्ष्य राजस्थान २१ बल बाँकी रहँदा तिन विकेटको क्षतीमा नै पुरा गर्न सफल भयो । राजस्थानका जोस बटलरले ४८ बलमा ७० रन जोडे । उनी म्यान अफ द म्याच पनि घोषित भए । तेस्रो ओभरको अन्तिम बलमा २६ रन रहेको समयमा दीपक चाहरले बेन स्टोक्सलाई आउट गरे पछि राजस्थानले पाँचौँ ओभरको तेस्रो बलमा सञ्जु सामसनको रूपमा तेस्रो विकेट गुमाएको थियो । टोलीको खातामा २८ रन मात्र भएको समयमा राजस्थान केही समय दबाबमा पनि रहेको थियो । कप्तान स्टेभन स्मिथले २६ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले ५ विकेटको क्षतीमा १२५ रन बनायो । चेन्नाइलाई कम योगफलमा सीमित गर्ने क्रममा मध्य ओभरमा लेग स्पिनर जोडी श्रेयास गोपाल र राहुल टेबटीयाको भूमिका महत्त्वपूर्ण रहेको थियो । दुवैले चार ओभरको कोटा पुरा गरे पनि गोपालले १४ तथा टेबटीयाले १८ रन मात्र खर्चे । पावर प्लेमा जोफ्रा आर्चरले एक तथा कात्तिक त्यागिले दुई विकेट लिएको सो पारीको अन्त्यसम्म चेन्नाइ दबाबमा थियो । जित पछि ८ अङ्क सहित राजस्थान तालीकाको पाँचौँ स्थानमा उक्लेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८