सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार (मंसिर १३) पनि विभिन्न आठ खेलका प्रतिस्पर्धा हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेल तालिकाअनुसार, महिला क्रिकेट, पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराँते र टेनिसका खेल हुनेछन् ।
सुर्खेतमा सात खेलका प्रतिस्पर्धा हुनेछन् भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ । महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा र पुरुष क्रिकेट कालुन्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, पुरुष फुटबल सेनाको राजदल गणमा बिहान ९ बजेदेखि हुनेछ । महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि, बक्सिङ मुख्य कभर्डहलमा बिहान ९ बजेदेखि र जिम्न्यास्टिक मिनी कभर्डहलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहलमा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८