• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026

‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज हुँदै

  • खबरदाता

‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज हुँदै

काठमाडौँ- नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११:०० बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम सुरु हुनेछ।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौँ उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको उनले जानकारी दिए। सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइलमा सन्देशमार्फत पठाइएको र सोही लिङ्कबाट निर्धारित समयमा सहभागी हुन अनुरोध गरिएको छ।

देशका ७५३ वटै पालिकामा सञ्चालन गरिने अभियानलाई व्यवस्थित, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउन आजको अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास कांग्रेसले व्यक्त गरेको छ।

  • प्रकाशित मिति : मंसिर १३, २०८३, आइतवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८